+
+

एकताको नाममा १० बुँदे गर्नेहरुमा अवसरवाद देखियो : अखिल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते २१:२७

७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले दश बुँदे सहमति कार्यान्वयनको औचित्य नरहेको जनाएको छ ।

पार्टी एकताको नाममा भएको दश बुँदेमा अवसरवाद देखिएको अध्यक्ष सुदेश पराजुलीलेे जनाएका छन् । ‘हाम्रो लडाइँ प्रतिगमन विरुद्ध थियो । तर अवसरवादमा लाग्ने नेताहरुले पदीय व्यवस्थापनको लडाइँ भन्नेतिर लगे’, पराजुली भन्छन् ।

एकता भन्ने नेताहरुले संसद् विघटन ठीक थियो भन्ने सक्नुपर्ने उनी बताउँछन् । ‘सर्वोच्चको फैसला बेठीक थियो भन्ने साहस एकताको राप जप्नेहरुले भन्न सक्छन्’, पराजुली प्रश्न गर्छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट युवा संघ नेपालले पनि दश बुँदेप्रति असहमति जनाएको छ ।

नयाँ दल बनाउँदा माधव नेपालको साथ छोडेका नौ नेता र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच दशबुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । सहमति कार्यान्वयन गर्न मंगलबार नै स्थायी कमिटी बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?