+
+

एकीकृत समाजवादीको भविष्य उज्ज्वल छ : सांसद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते ७:०४

८ भदौ, दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल रहेको सो पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताएका छन् । ‘हामीसँग माधव नेपाल, झलनाथ खनाल र बामदेव कमरेड पनि हुनुहुन्छ’, उनले भने ‘चार नेतामध्ये उतातिर केपी ओली मात्रै हो, हाम्रो भविष्य उज्ज्वल छ,’ सोमबार दाङको देउखुरीमा आयोजित पार्टीको दाङ निर्वाचन क्षेत्र नं. १ को भेलामा चौधरीले भने ।

उनले अबको निर्वाचनमा अन्य पार्टीसँग कार्यगत एकता गरेर जाने गरी सम्झौता भएको समेत बताए । ‘हामीले सकेसम्म विचार मिल्ने राजनीतिक दलहरुबीच एकता गर्ने, यदि त्यो भएन भनेपनि चुनाबी गठबन्धन गर्ने सहमति भएको छ’, उनले भने ।

प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीले भूमिहीनलाई निःशुल्क जग्गा दिने सरकारको नीति भएको भन्दै जग्गा पाउने कुरामा ढुक्क हुन आग्रह समेत गरे ।

अर्को प्रसंगमा चौधरीले लुम्बिनी प्रदेशको राजधानी दाङमा ल्याउन लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलको मात्रै भूमिका नभएको बताए । एमाले नेता शंकर पोखरेलले बेलझुण्डीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी लैजान चाहेको भन्दै उनले आफूहरुको जोडबलमा बीचमा भालुवाङ पर्ने भएकाले नै भालुवाङमा राजधानी तोकिएको दाबी गरे ।

प्रदेशको स्थायी राजधानी तोकिएपछि देउखुरीबाट पोखरेलले चुनाव लड्ने चर्चा दाङमा चलिरहेको बेला चौधरीले यो क्षेत्रबाट पोखरेलले एक हजार भोट पनि नपाउने दाबी गरे । ‘शंकर पोखरेल यो क्षेत्रमा आए भने एक हजार भोट पनि कटाउन सक्दैनन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?