
८ भदौ, काठमाडौं । पाँच पूर्वराजदूतहरुले अफगानिस्तानको राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न आग्रह गरेका छन् ।
रुसका लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठ, भारतका लागि पूर्व राजदूतहरु दीपकुमार उपाध्याय र दुर्गेशमान सिंह, अमेरिका र बेलायतका लागि पूर्व राजदूत डा. सुरेश चालिसे र चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्केले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
पाँच पूर्वराजदूतले निकालेको विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4