+
+

कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १४:२२

८ भदौ, धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–४ राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४० वर्षीय मानसिंह गुरधामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र गुरुका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेका बेला ट्रकले उनलाई ठक्कर दिएको हो । ट्रक र चालक उदयपुरका ३८ वर्षीय डेकराम खत्रीलाई नियन्त्रण लिइएको प्रहरी निरीक्षक गुरुले बताए ।

घटनापछि मृतकका आफन्त तथा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन बीचबाटोमै रोकिएको बताए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?