+
+

नेप्सेका सीईओ साउदले राजीनामा दिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १७:०१

८ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेे)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।

उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताउँदै आएका छन् ।

उनले आजै अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएर पत्रकार सम्मेलन गर्ने तयारी गरेको  स्रोतले बताएको छ ।

साउदको कार्यकाल करिब ३ महिना मात्रै बाँकी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?