+
+

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १८:४४
फाइल तस्वीर

८ भदौ, चितवन । माडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते भएका हुन् ।

मंगलबार दिउँसो खेतमा धान गोड्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो । आक्रमणमा परी घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?