+
+

एमालेको आह्वान : मूलघरमै फर्किनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १९:१५

८ भदौ, काठमाडौं । नेकपा एमालेले नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेता कार्यकर्तालाई मूलघरमै फर्किन आह्वान गरेको छ ।

लामो समयदेखि माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ दलमा नगाएका स्थायी कमिटीका १० नेता सहभागी भएको स्थायी कमिटी बैठकले एकताका लागि आह्वान गरेको हो ।

एमाले विभाजित हुँदा राजनीतिक स्थायित्व, लोकतन्त्र, सम्बृद्धि र समाजिक न्यायकै भविश्यमा दुष्परिणाम सिर्जना हुने एमाले स्थायी कमिटीको निष्कर्ष छ । पार्टीमा समस्याको सकारात्मक समाधान खोज्ने, भिन्नतालाई उन्नतस्तरको एकतामा रुपान्तरण गर्ने र असहमतिहरुलाई स्वच्छ र रचनात्मक बहसको माध्यमबाट उच्च तहको सहमतिमा बदल्न सक्ने आधार र सामर्थ्य रहेको भन्दै बैठकले भनेको छ, ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयासमा रहेका कमरेडहरुलाई हामी आग्रह गर्छौ, आफ्नो मूलघरमा फर्किनुस् ।’

विभाजनकारी र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग हुने नेताहरुलाई पार्टीमा स्वागत गरिने प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले भने, ‘यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने वा भेदभाव र कारबाही नहुने स्पष्ट पार्न चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?