+
+

माओवादीमा प्रदेश र जिल्ला इञ्चार्ज तोकियो, संगठन विभाग प्रमुख प्रभाकर, महरा बने प्रवक्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते ८:२५

९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाट गरेको छ । संगठन विभाग प्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन् भने पार्टी प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाइएको छ ।

माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेको छ ।

पार्टीको स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं र प्रमुखमा गिरिराजमणि पोखरेल छन् ।

प्रवक्ता महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।

प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की -राम कार्की), प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य बनेका छन् । यस्तै गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टलाई बनाइएको छ ।

वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल यथावत छन् ।

मातृका यादव उपभोक्ता हित तथा आपूर्ति विभाग, हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभाग, देव गुरुङ संघीय संसदीय विभाग प्रमुख र लिलामणि पोखरेलले जलस्रोत सिंचाइ तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

युवा तथा खेलकुद विभाग प्रमुख गणेशमान पुन, राजकीय मामला तथा सुशासन विभाग प्रमुख रेखा शर्मा र खानेपानी तथा सरसफाइ विभाग प्रमुख विना मगरलाई बनाइएको छ ।

लिलामणि पोखरेलले विशेष समिति इञ्चार्ज, डिलाराम आचार्यले सम्पर्क समन्वय समिति इञ्चार्ज र नारायणकाजी श्रेष्ठले प्रवास समिति इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

वाइसिएल नेपालको इञ्चार्ज र युवा विशेष जिल्ला समिति इञ्चार्जको जिम्मेवारी रामप्रसाद सापकोटा (दीपशिखा)ले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?