+
+

नेपाल स्काउट र राष्ट्रिय सेवा दलका सदस्यलाई पहिलो डोज कोरोना खोप दिइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १२:५९

९ भदौ, काठमाडौं । काठमाडौंमा नेपाल स्काउट र राष्ट्रिय सेवादलका सदस्यलाई कोभिड-१९ विरुद्धको पहिलो डोज खोप दिन सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार नेपाल स्काउट र राष्ट्रिय सेवादलका १८ वर्ष उमेर पुगेका व्यक्तिलाई बुधबारदेखि नै पहिलो डोज दिन सुरु गरिएको हो ।

यसअघि निर्धारण गरिएका खोप केन्द्रहरुमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको उनले बताए । यो समूहका व्यक्तिले खोप लगाउन जाँदा विद्युतीय अनलाइन दर्ता अनिवार्य साथै लिएर जानुपर्ने छ ।

बिहीबारसम्म चल्ने यो खोप अभियानमा खोप केन्द्रमा उपलब्ध भएको भेरोसेल वा एस्ट्राजेनेकाको खोप लगाउन सक्ने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?