+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

तीज गीतमा बिष्णु माझीको एक अलग्गै रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १५:०७

लोकदोहोरी गीतकी सर्वाधिक चर्चित गायिका हुन् विष्णु माझी । सार्वजनिक रुपमा नदेखिने माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन् । उनले स्वर भरेको थुप्रै तीज गीतलाई दर्शक तथा श्रोताले रुचाएका पनि छन् । जसको निरन्तरता हो, केही दिनअघि सार्वजनिक गीत ‘चरी जेलैमा’ । जसका कारण विष्णु फेरि चर्चामा छिन् ।

तीज नजिकिँदै गर्दा यो गीत युट्युबदेखि टीकटकमा निकै रुचाईएको छ । सार्वजनिक भएको एक साता नपुग्दै गीतले झण्डै ४० लाख भ्यूज पाएको छ । गीतमा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको ध्यान खिचेको छ ।

तीज गीतले मौलिकता गुमाईरहेको गुनासो आईरहेको अवस्थामा आएको यस गीतले श्रोता एवं दर्शकलाई छुट्टै स्वाद दिएको छ । नेपाली सांगीतिक क्षेत्रमा विष्णु माझीको एक अलग्गै रेकर्ड पनि छ । त्यो हो, एउटा तीज गीतको धेरै भाग ल्याउने गायिका । उनले हरेक वर्ष ‘पुतलीको भट्टी’को नयाँ–नयाँ भाग ल्याउँदै आएकी छिन् । यसवर्ष उनले ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ‘चरी जेलैमा’बोलको तीज गीत सार्वजनिक गरेकी हुन् ।

गतवर्ष उनको स्वरमा ‘पुतलीको भट्टी’ भाग १६ ‘नदिया सल सल’ सार्वजनिक गरिएको थियो । लोकदोहोरी क्षेत्रका जानकारका अनुसार विष्णुले वि.सं २०६१ सालमा ‘पुतलीको भट्टी’मा बोलको तीज गीत सार्वजनिक गरेकी थिइन् । त्यसयता उनले हरेक वर्ष ‘पुतलीको भट्टी’को नयाँ भाग ल्याउँदै आएकी छिन् ।

आफ्नै लगानीमा संचालनमा रहेको सपना म्युजिक इन्डष्ट्रिजको प्रस्तुती रहने ‘पुतलीको भट्टी’का अधिकांश भागमा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीकै शब्द तथा संगीत रहने गरेको छ । भने पछिल्ला भिडियोलाई सुन्दरमणी स्वयंमले निर्देशन पनि गर्दै आएका छन् । यसवर्षको ‘पुतलीको भट्टी’मा सुन्दरमणी शब्द, संगीत र निर्देशन छ ।

नेपाली सांगीतिक क्षेत्रमा केही समय अगाडिसम्म केही गायक–गायिकाले तीज गीतको भाग सार्वजनिक गरेका थिए । प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, बीमाकुमारी दूरा, लक्ष्मी न्यौपाने लगायतका गायक–गायिकाले तीज गीतको विभिन्न भाग सार्वजनिक गरिसकेका छन् । पछिल्ला केही बर्षयता तीज गीतको अर्को भाग सार्वजनिक गर्ने क्रम ह्वात्तै बढेको छ । तर, निरन्तर रुपमा यति धेरै भागसम्म अरु कुनैपनि तीज गीत सार्वजनिक भएका छैनन् । नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक चर्चित गायिकाका रुपमा परिचित विष्णुले तीज गीतको धेरै भागमा स्वर दिने गायिकाका रुपमा पनि अलग्गै रेकर्ड राखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?