+
+
Shares

विष्णु माझीले ल्याइन् तीज गीत ‘घरबार’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका विष्णु माझीले तीजका अवसरमा ‘घरबार’ गीत सार्वजनिक गरेकी छन्, जसमा सुन्दरमणी अधिकारीको शब्द र संगीत छ।
  • गीतमा विवाहपछिको घरबार, महिलाका भावना, परिवारको सुखदुःख र वैदेशिक रोजगारीसम्बन्धी पीडा चित्रण गरिएको छ।
  • बिहीबार सार्वजनिक भएको यो गीत युट्युबमा समाचार लेख्दासम्म १९ लाख पटक हेरिएको छ।

काठमाडौं । गायिका विष्णु माझीले यसवर्षको तीज पर्वको अवसरमा पनि गीत ल्याएकी छन् । ‘घरबार’ बोलको यो गीतमा उनका श्रीमान सुन्दरमणी अधिकारीको शब्द र संगीत छ ।

माझीको गायन समावेश छ । गीतमा विवाहपछिको घरबार, महिलाका भावना तथा परिवारको सुखदुःखलाई चित्रण गरिएको छ । साथै, वैदेशिक रोजगारीको प्रसंग समेत समेटिएको छ ।

लामो समयदेखि सार्वजनिक जीवनमा नदेखिएकी माझीले हरेक वर्ष तीजमा गीत ल्याउने गर्छिन् । यो गीतको लम्बाइ ११ मिनेट छ र विदेशमा श्रीमानको दुर्घटनापछि श्रीमतीले भोग्नुपर्ने पीडा तथा वेदनालाई दर्शाइएको छ ।

यस गीतमा पनि ललिता पौडेलले नृत्य र अभिनय गरेकी छन् । माझी र अधिकारीका केही वर्षयताका हरेक गीतमा ललित प्रस्तुत हुँदै आएकी छन् । साथै, सुन्दरमणीको पनि भिडियो निर्देशन र अभिनय छ । नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् ।

बिहीबार सार्वजनिक भएको यो गीतलाई युट्युबमा यो समाचार लेख्दासम्म १९ लाख पटक हेरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?