+
+

१५ किलो गाँजासहित बाराबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १९:२३

९ भदौ, वीरगञ्ज । प्रहरीले बाराबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबा पक्राउ परेका हुन् ।

बुधबार बिहान ४ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ४६ प ५९३१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा १५ किलो गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित वीरगञ्ज पथलैया सडकखण्डको रातोपुल नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । पिठ्यूँमा बोक्ने दुईवटा झोलाभित्र उनीहरुले प्रतिबन्धित गाँजा १५ किलो लुकाएर ल्याएको उनले बताए । उनीहरुविरुद्ध लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान अघि बढाइएको उनले बताए ।

यसैगरी प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–१ का ५५ वर्षीय पन्नालाल साह तेलीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट २ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बुधबार बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशानुसार कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?