+
+

पर्सा जिल्ला अदालतबाट उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १९:३३

९ भदौ, वीरगञ्ज । पर्सा जिल्ला अदालतले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापालाई सम्मान गरेको छ । जिल्ला न्यायाधीश धर्मराज पौडेलले प्रहरी निरीक्षक थापालाई बुधबार प्रशंसापत्रसहित सम्मान गरे ।

अदालतमा कायम रहेको दण्ड जरिवानाको बेरुजु लगत असुल उपर गर्ने कार्यमा पुर्‍याएको योगदानको कदर स्वरुप प्रहरी निरीक्षक थापालाई प्रशंसापत्र प्रदान गरिएको तहसिलदार विनोद पोखरेलले जानकारी दिए । अदालती फैसला कार्यान्वयनमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृतलाई अदालतले वर्षेनी सम्मान गर्दै आएको छ ।

प्रहरी निरीक्षक थापाले अन्य प्रहरी अधिकृतले भन्दा बढी दण्ड जरिवाना असुलमा सहयोग पुर्‍याएकोले सम्मान गरिएको पर्सा जिल्ला अदालतले जनाएको छ । प्रशंसापत्र प्रदान गर्दै जिल्ला न्यायाधीश पौडेलले अदालतको फैसला कार्यान्वयन नहुँदा पीडितले न्याय नपाउने बताए ।

पर्सा जिल्ला अदालतले दिएको विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रहरीको सहयोग तथा अन्य उपायबाट ३४४ जना दोषीलाई पक्राउ गरी ५७ वर्ष ६ महीना १ दिन कैद र १ करोड ४८ लाख ८१ हजार २ सय ३० रुपैयाँ जरिवाना असुल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?