+
+

अदालतबाट दोषी ठहर भई ३४ वर्षदेखि फरार रहेकासहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १९:५०

९ भदौ, जनकपुरधाम । सिरहा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका–११ नैनपुरका २९ वर्षीय सञ्जीत महतो, सखुवानान्कारकट्टी गाउँपालिका–१ का २९ वर्षीय शोभाकान्त चौधरी र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का ५० वर्षीय हासिम नटलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई कीर्ते नागरिकता, लागूऔषध र चोरी मुद्दामा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिएको थियो । उनीहरुमध्ये नट अदालतबाट दोषी ठहर भएको ३४ वर्षपछि पक्राउ परेका हुन् ।

महतोलाई कीर्ते नागरिकता मुद्दामा २०७१ साल मंसिर २९ गते सिरहा जिल्ला अदालतले ५ हजार नगद जरिवाना सजाय तोकेको थियो भने चौधरीलाई २०७१ साल जेठ ३ गते अदालते लागूऔषध मुद्दामा एक लाख जरिवाना र २ वर्ष कैदको सजाय तोकेको थियो ।

यस्तै, हासिम नट चोरी मुद्दामा अदालतबाट १ महिना कैद र १६ हजार जरिवाना तोकिएपछि फरार रहेका थिए । उनलाई जिल्ला अदालतले २०४४ साल मंसिर २७ गते कैद र जरिवाना तोकेको थियो ।

तीनैजनालाई उनीहरुको घरबाटै पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?