+
+

सीटीईभीटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते २०:१३

खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ ।

नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई अध्ययन गरेका विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् । निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु नहुने खल्तीले जनाएको छ । त्यस्तो आवेदकले छात्रवृत्तिको आवेदन फारम भरेमा उक्त फारम स्वतः रद्द हुने साथै शुल्क फिर्ता नहुने प्रावधान रहेको छ ।

छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एक वटा कार्यक्रममा मात्र भर्न पाउनेछन् । भाद्र ७ देखि २३ गते सम्म आवेदकहरुले छात्रवृत्तिको लागि आवेदन दिन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?