+
+
Shares

यूईएफए अवार्ड : जर्जिन्हो युरोपको उत्कृष्ट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते ६:३६

११ भदौ, काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् ।

उनले यूईएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट एन गोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनालाई पछि पार्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् ।

यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले जितिन् ।

यसैगरी यूईएफए पुरुष प्रशिक्षकतर्फको अवार्ड चेल्सीका थोमस टुचेलले जिते । यस्तै महिलातर्फको प्रशिक्षकको अवार्ड लुइस कोर्टेसले जिते ।

यूईएफए प्रेसिडेन्टल अवार्ड डेनिस मेडिकल टिम र डेनमार्कका कप्तान सिमोन केयरले प्राप्त गरे ।

युरोकप २०२० अन्तर्गत फिनल्याण्डविरुद्ध पहिलो खेलमा मिडफिल्डर क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमै ढल्दा डेनिस मेडिकल टिम र केयरले गरेको कार्यलाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो ।

च्याम्पियन्स लिग अवार्ड विधागततर्फ
च्याम्पियन्स लिग गोलकिपर अफ दी सिजन
एडुअर्ड मेन्डी (पुरुष)
सान्ड्रो पानोस (महिला)

च्याम्पियन्स लिग डिफेन्डर अफ दि सिजन

रुबेन डियाज (पुरुष)
एरेना परेडेस (महिला)

च्याम्पियन्स लिग मिडफिल्डर अफ दि सिजन

एन गोलो कान्टे (पुरुष)
एलेक्सिया पुटेलास (महिला)

च्याम्पियन्स लिग फरवार्ड अफ दि सिजन

एर्लिन हालान्ड (पुरुष)
जेनिफर हेर्मोसो (महिला)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?