+
+

सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि खुकुरी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १९:०४

११ भदौ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तरुण दलका जिल्ला सदस्यमाथि खुकुरी प्रहार भएको छ । शुक्रबार बेलुका करीब साढे सात बजे वीरेन्द्रनगर नगरपालिका–८ धमला चोकस्थित वीरेन्द्रनगर–४ कालागाउँका सन्तोष गिरीमाथि खुकुरी प्रहार भएको हो ।

तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टका अनुसार गिरी धमला चोकस्थित एक कटेजमा बसेको अवस्थामा मोटरसाइकलमा आएको एक समूहले खुकुरी प्रहार गरेको थियो ।

‘तीनवटा मोटरसाइकलमा ६ जना आएका थिए,  मोटरसाइकलबाट एक्कासी झरेर खुकुरी प्रहार गरे,’ विष्टले अनलाइनखबरसँग भने ।

खुकुरी प्रहारबाट गिरीको दायाँबायाँ हात काटिएको छ । उनको माया नर्सिङ होममा उपचार भइरहेको विष्टले जानकारी दिए । खुकुरी प्रहार गर्नेहरु फरार छन् ।

यसबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीलाई बुझ्दा उनले आफू अलि बाहिर भएको र बुझेर प्रतिक्रिया दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?