+
+
Shares

गोरखामा ६ वटा गुम्बामात्रै पुनर्निर्माण, ८५ वटा बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते १५:५१
भूकम्पपछि पुनर्निर्माण भएको चुमनुव्री गाउँपालिका–२ को नमोवुद्ध ध्यान तथा शिक्षण केन्द्र ।

१२ भदौ, गोरखा । गोरखा भूकम्पको ६ बर्ष बितिसक्दा पनि जिल्लामा गुम्बा पुनर्निर्माणले गति लिन सकेको छैन । भूकम्पका कारण ९१ वटा गुम्बामा क्षति पुगे पनि हालसम्म ६ वटाको मात्र पुनर्निर्माण भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार बजेट अभावका कारण ८५ वटा गुम्बा पुनर्निर्माण हुन नसकेको हो ।

इकाइ प्रमुख रामशरण आचार्यले भने, ‘९ वटा गुम्वा पुनर्निर्माणका लागि रकम आएको थियो,’ उनले भने, ‘तर तीन वटा गुम्बाको डीपीआर केन्द्रले नपठाएकाले काम गर्न सकेनौं ।’

उनका अनुसार चालु आर्थिक बर्ष पनि ६ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट आएको छ । तर कार्यान्वयन गर्न नसकिने उनले बताए । ‘प्राधिकरणको म्याद यही भदौसम्म मात्र भएकाले हामीले कार्यान्वयन गर्न सक्दैनौं,’ आचार्यले भने ।

भदौपछि प्राधिकरणको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने भनेपनि कसलाई बुझाउने यकिन नभएको उनले बताए ।

हालसम्म चुमनुब्री गाउँपालिका–२ को नमोवुद्ध ध्यान तथा शिक्षण केन्द्र, बारपाक सुलिकोट गाउँपालिका–३ को हिमाली समाज ककालिङ सार्वजनिक गुम्बा, वडा नम्वर १ को खुम्चे गुम्बा, अजिरकोट गाउँपालिका–४ को हिमाली समाज गुम्बा मन्दिर पुनर्निर्माण भएको छ ।

त्यस्तै आरुघाट गाउँपालिका–९ को सम्बा छ्यो खलिङ वुद्ध तथा विहार गुम्बा र सिरानचोक गाउँपालिका–८ को पालटेन तमू गुम्बा पनि पुनर्निर्माण भएको छ ।

भूकम्पले आशिंक क्षति पुगेका अरु १३ वटा गुम्बाको मर्मत भने भइसकेको छ । कार्यालयको तथ्याङ्क अनुसार भूकम्पले जिल्लाका १०४ वटा गुम्बामा क्षति पुर्‍याएको थियो ।

९१ वटामा पूर्ण र १३ वटामा आशिंक क्षति पुगेको हो । पूर्ण क्षति भएका अधिकांश गुम्बा उत्तरी क्षेत्रको चुमनुव्री गाउँपालिकामा पर्छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?