
१३ भदौ, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेको पुस्तक काठमाडौं डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज छिट्टै बजारमा आउने भएको छ ।
२०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समयमा राजदूत रहेका रेले पुस्तकमा नेपाल–भारत सम्बन्धका विभिन्न आयाम केलाएका छन् ।
रेको पुस्तकको बारेमा भारतका पूर्व विदेश सचिव श्याम शरणले भनेका छन, ‘पुस्तकमा नेपाल र भारतको बीचमा रहेको विशेष सम्बन्धलाई एकदमै गहन र सावधानीपूर्वक अनुसन्धान गरिएको छ ।’
त्यसैगरी भारत–नेपाल सम्बन्धका विज्ञ एसडी मुनिले पुस्तकमा दुईपक्षीय सम्बन्धलाई भारतीय दृष्टिकोणबाट सावधानीपूर्वक, मिहीन र गहन रुपले चित्रण गरेको टिप्पणी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4