+

बच्चामा मधुमेहको जोखिम बढ्यो: डा. सुभाना थापा

२०७८ भदौ  १३ गते १८:५२ २०७८ भदौ १३ गते १८:५२
बच्चामा मधुमेहको जोखिम बढ्यो: डा. सुभाना थापा

कोरोना महामारीको कारण बालबच्चा घरभित्र कैद छन् । उनीहरुको शारीरिक गतिविधि घटेको छ । अर्कोतिर अनलाइन कक्षाका साथै गेमिङ र सामाजिक सञ्जालले उनीहरुको ‘स्क्रिन टाइम’ बढाइदिएको छ । यसले उनीहरुमा मोटोपन र अन्य दीर्घ रोगको समेत जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।

डा. सुभाना थापा कार्की महाराजगञ्जस्थित कान्ति अस्पतालकी वरिष्ठ बाल रोग विशेषज्ञ हुन् । उनी पछिल्लो समय बच्चामा हुने मधुमेहको संख्या बढेको र कोरोनाको समयमा त्यो आँकडा झनै बढेको बताउँछिन् । तर यति नै संख्यामा बढ्यो भन्न सक्ने तथ्यांक भने तयार नभइसकेको उनको भनाइ छ । विगतमा मधुमेह बुढापाकाको रोग भन्ने गरिन्थ्यो । अहिले भने युवा मात्र होइन, बालबच्चासमेत यसबाट सताइएका छन् । अझ कोभिड कालमा मधुमेह ग्रस्त बालबालिकाको संख्या ह्वात्तै बढेको छ ।

थापाका अनुसार पहिले पहिले बच्चाहरुमा मधुमेहको समस्या थोरैमात्रामा हुने गर्थ्यो। तर अहिले बच्चामा टाइप १ र टाइप २ मधुमेहका बिरामीहरु बढी देखिने गरेका छन् । अनुपातको हिसाबमा हेर्दा पछिल्लो समय बच्चाहरुमा टाइप १ मधुमेहका संख्या ८०-९० प्रतिशत छ भने बाँकीमा टाइप टु मधुमेह देखिन्छ ।

बच्चाहरुमा टाइप टु मधुमेहको समस्या पनि हुन्छ । बच्चामा हुने कुल मधुमेहमा टाइप टुको हिस्सा १० देखि २० प्रतिशतको हाराहारीमा छ । यो समस्या बढीजसो मोटा बच्चाहरुमा देखिन्छ ।

कोरोना महामारीको समयमा किन मधुमेहका बिरामीहरु थपिए त ? डा. कार्की भन्छिन् ‘सामान्यतया कोरोना महामारी र मधुमेहको बीचमा प्रत्यक्ष सम्बन्ध छैन । मधुमेह, दादुरा जस्ता समस्या हुनेहरुलाई भाइरल इन्फेक्सनको बेलामा ती समस्या बढेर जाने गर्छ । तर मधुमेह र कोभिडको सम्बन्धको बारेमा अध्ययन नभए पनि कोभिडले पनि भाइरल इन्फेक्सनमा जस्तै मधुमेह भएका बच्चाहरुमा जोखिम बढाएकोले हुन सक्छ, यसका बिरामीको संख्या बढेको छ ।’

मधुमेहको जोखिम

मधुमेहले एकैपटक ठूलो असर नगरे पनि बिस्तारै बिरामीलाई गम्भीर समस्यातिर धकेल्दै लैजान्छ । त्यसैले कतिपयले यसलाई साइलेन्स किलरको रुपमा पनि मान्ने गर्छन् । थापाका अनुसार टाइप वान डायबिटिज इन्सुलिन हर्माेनको मात्राको कमीले निम्तिने समस्या हो भने टाइप टु डायबिटिज इन्सुलिनले पर्याप्त काम गर्न नसक्दा उत्पन्न हुने समस्या हो । अर्थात् टाइप वान डायबिटिजमा इन्सुलिन कम उत्पादन हुन्छ । तर टाइप टु मधुमेहमा इन्सुलिन उत्पादन हुन्छ तर त्यसले राम्रो काम गर्न सक्दैन ।

धेरै चिनी खाँदा मधुमेह हुन्छ ?

धेरैलाई लाग्न सक्छ चिनी धेरै खाँदा मधुमेह लाग्न सक्छ । मधुमेहका बिरामीले गुलियो खानेकुरा खानु हुँदैन भन्ने मान्यताका कारण चिनी धेरै खाँदा मधुमेहको जोखिम बढी हुन्छ भन्ने आम धारणा देखिन्छ । तर डा. कार्की भने चिनी धेरै खाएर मधुमेह हुन्छ भन्नु भ्रम रहेको बताउँछिन् । यद्यपि मधुमेह लागिसकेपछि भने चिनी र गुलियो खानेकुरा नियन्त्रण गर्नै पर्छ ।

मधुमेह भएपछि गुलियो खानै हुन्न ?

मधुमेहलाई समयमा नियन्त्रण नगर्ने हो भने आँखामा असर देखिने, मृगौलामा, मुटु, नशा आदिमा गम्भीर समस्या समेत सिर्जना हुन सक्छ । तर यस्तो जोखिमयुक्त रोग लागेपछि जीवनभर गुलियो खानै हुँदैन त ? डा. कार्की भन्छिन् ‘मधुमेह भएका बच्चालाई आवश्यक मात्रामा क्यालोरीको सन्तुलन मिलाउनु पर्छ । मधुमेह भएपछि गुलियो खानै हुन्न भन्ने होइन । तर क्यालोरी सन्तुलन मिल्नेगरी थोरैमात्रामा खाँदा समस्या हुँदैन ।   यसबाहेक टाइप १ मधुमेहमा इन्सुलिनको उत्पादन नै कम हुने भएकोले जीवनशैलीमा ध्यान दिँदैमा मधुमेह कम हुन्छ वा निको हुन्छ भन्न सकिँदैन । तर मोटोपनाको समस्याका कारण सिर्जना हुने टाइप २ मधुमेहमा भने जीवनशैलीमा ध्यान दिँदा धेरै हदसम्म कमी ल्याउन सकिन्छ ।’

मधुमेह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?