+
+

स्वास्थ्य मन्त्रालयको ८ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते ११:००

१४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।

स्वास्थ्य मन्त्री स्तरीय निर्णय गर्दै परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ । डा. शर्मालाई व्यवस्थापन महाशाखा पठाइएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा सरुवा गरिएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा पोख्रेललाई डा. लालको ठाउँमा लगिएको छ ।

त्यसैगरी क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ भने उनको ठाउँमा डा. प्रकाश शाहलाई ल्याइएको छ ।

भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. कृष्ण पौडेललाई नियुक्त गरिएको छ । सो अस्पतालका मेसु डा. रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?