+
+

बुटवलको मुख्य सडकमा खाल्डैखाल्डा

टोपराज शर्मा टोपराज शर्मा
२०७८ भदौ १४ गते १८:२५

१४ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकामा पर्ने सिद्धार्थ राजमार्गको ट्राफिकचोक, अस्पताललाइन, मिलनचोक र राजमार्ग चौराहा क्षेत्रको सडकमा हिजोआज खाल्डैखाल्डा छन् ।

यही सडक भएर दिनहुँ प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि सांसदहरु आवतजावत गर्छन् । तर बुटवलको सबैभन्दा बढी सवारी चाप हुने यो सडक मर्मत सम्भारमा कुनै निकायले ध्यान दिएको छैन ।

खाल्डाखुल्डीका कारण मोटरसाइकल र साना सवारी साधन गुडाउन निकै सास्ती भएको सवारी चालकहरुको गुनासो छ । सडक विस्तार थालनी भएको योगीकुटी-बसपार्क बाइपास सडक पनि निर्माणाधीन अवस्थामा अलपत्र छ । बजेट सुनिश्चित नभई सडक भत्काइएका कारण पनि सडकको अवस्था दयनीय भएको यस क्षेत्रका वासिन्दा बताउँछन् ।

खाल्डाले सडक बेहाल बनेको भन्दै जनता समाजवादी पार्टीले सडकमै कालो ब्यानर टांगेर चार महिना पहिल्यै तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण पनि गराएको थियो ।

सडक डिभिजन कार्यालयले बेला बेलामा खाल्डामा गिट्टी हालेर पुर्ने गरेपनि वर्षाको पानीले बगाएर सडक पुरानै अवस्थामा पुर्‍याएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।

‘मुद्दा परेका कारण चौराहा–गोलपार्क सडक विस्तारमा तीन वर्ष ढिला भयो’ उनले भने, ‘अब वर्षा रोकिएलगत्तै सडक पीचको काम हुन्छ ।’ बुटवल गोलपार्क ६ लेन सडक निर्माणको ठेक्का कन्चनजंघा बिरुवा जेभीले लिएको छ ।

मरासिनीका अनुसार ठेकेदारसंग नियमित सम्पर्क भइरहेको र मौसममा सुधार आउने बित्तिकै काम शुरु हुनेछ । वर्षा रोकिएको अवस्थामा एक महिनामा राजमार्ग चौराहा र अस्पताललाइनको सडक कालोपत्रे हुने मरासिनीले बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?