+
+

भारतमा कोरोना खोप आपूर्ति बढ्यो, निर्यातको प्रतिबन्ध हट्ने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १५:०१

१४ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस विरुद्धको खोपको आपूर्ति बढेको छ । कोरोना खोपको आपूर्ति बढेसँगै भारतमा करीब आधा वयस्क मानिसले कम्तीमा एक डोज खोप पाइसकेका छन् ।

भारतले अबको केही समयमा खोप निर्यातमा लगाएको प्रतिबन्ध हट्न सक्ने बताइएको छ । भारतले ६ करोड ६० लाख डोज कोरोना खोप निर्यात गरेपछि खोप निर्यातमा रोक लगाएको थियो । भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै उसले खोप निर्यातमा रोक लगाएको थियो ।

गत शुक्रबार भारतले एक करोड डोज खोप आफ्ना नागरिकलाई लगाएको थियो । उसले गत अप्रिलयता खोप उत्पादन दोब्बर बनाएको छ । आगामी दिनमा त्यसलाई अझै बढाउने भारतको तयारी छ ।

भारतको सेरम इन्स्टिच्युटले मासिक १५ करोड डोज खोप उत्पादन गरिरहेको छ । गत अप्रिलमा यो कम्पनीको मासिक उत्पादन ६ करोड ५० लाख डोज थियो । कम्पनीको स्रोतले दिएको जानकारी अनुसार खोप निर्यातको लागि कुनै मिति नतोकिएपछि अबको केही महिनामा खोप निर्यात शुरु गर्ने योजना छ ।

त्यस्तै, अर्को भारतीय खोप निर्माता भारत बायोटेकले खोप उत्पादनको लागि आइतबार नयाँ कारखानाको उद्घाटन गरेको छ । यो कारखानाको उत्पादन क्षमता मासिक एक करोड डोज छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?