१५ भदौ, गुल्मी । अविरल वर्षासँगै गएको पहिरोले मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास–सिमलटारी खण्डको सेउघामा सडक भासिएको छ । सडक छेउको ग्याभिङ वालसहित सडक भत्किएर पहिरो जाँदा दुईवटा घर समेत जोखिममा परेका छन् ।
रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडकको आधाभन्दा धेरै भाग भत्किएको छ । सडक भासिएपछि आवतजावत जोखिमपूर्ण बनेको छ ।
अहिले एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गरिए पनि धेरै भाग चर्किएकाले थप पहिरो जाने जोखिम बढेको छ ।

सडकको नजिकै रहेका नेत्र कुँवर, नर्मदा कुँवरको घर जोखिममा रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए । जोखिममा परेका घरमा मानिसहरु अहिले घरमै बस्दै आए पनि अन्यत्र सार्नुको विकल्प नरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4