
१७ साउन, काठमाडौं । सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवहरुको सरुवा गरेको हो ।
यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै अर्थसचिव बनेका थिए ।
त्यसअगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै थिए । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सचिव लक्ष्मण अर्याललाई समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4