Comments Add Comment

सम्बन्ध विग्रिएको हल्ला गलत हो, भूवन दाइसँग टिमअप हुँदैछः दीपाश्री

सर्वाधिक ग्रस कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’का ३ वटै सिरिजका कारण निर्देशक दीपाश्री निरौला र उनको टिम नम्बर १ मेकरको रुपमा स्थापित भएको छ । दीपाश्री निरौला, दीपकराज गिरी र उनको टिम नम्बर १ स्थानमा पुगेसँगै यो टिमसँग टिमअप गर्न केही ब्यानर सक्रिय छन् भने केही ब्यानरसँग उनीहरुको दुश्मनी बढेको चर्चा समेत हुने गर्दछ ।

नेपाली चलचित्रमा नायक भूवन केसी र उनको ब्यार दि सुपर काजोल फिल्मस् पनि सधै चर्चामा रहन्छ । मेकिङका हिसाबले यो ब्यानरले पनि सफल चलचित्र बनाउँदै आएको छ । यसैले पनि दीपाश्री र भूवन केसीको टिमविच सम्बन्ध चिसिएको चर्चा हुने गर्दछ ।

यो पनि पढ्नुहोस भुवन केसी भन्छन्–‘नेपाली फिल्ममा ‘नेपोटिज्म’ छैन’

केही समय अगाडि भूवन केसीले दिएको एक अभिव्यक्तिले दीपाश्रीको टिमसँग उनको सम्बन्ध विग्रिएको चर्चा भएको थियो । तर, शनिबार आयोजित एक कार्यक्रममा भने दीपा र भूवन दुबैले यो कुरा अस्विकार गरे ।

दीपाश्रीले भनिन्–‘हाम्रो सम्बन्ध सधै उस्तै नै छ । हामी लकडाउन अगाडि टिमअप गरेर एउटा चलचित्र बनाउने तयारीमा थियौं । तर, लकडाउनका कारण संभव हुन सकेन । अब, चाडै हामी एकसाथ कामलाई अगाडि बढाउँछौ ।’

दीपाश्रीले भूवन केसीसँग आफूहरुको सम्बन्ध कहिल्यै पनि नविग्रिएको बताइन् । भूवनले पनि दीपाश्रीको टिमसँग आफूहरुको सम्बन्ध सधै सुमधुर रहेको तर्क गरेका छन् ।
केही समय अगाडि पनि नायक अनमोल केसी र कलाकार दीपकराज गिरीलाई एकसाथ लिएर चलचित्र बनाउने तयारी भएको थियो । तर, यी दुई कलाकारको टिमअप भने हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment