+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भुवन केसी भन्छन्–‘नेपाली फिल्ममा ‘नेपोटिज्म’ छैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते ११:२७

नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ रहेको भन्दै गतबर्ष नायिका नम्रता सापकोटाले तर्क गरिन् । नम्रताले यो बिषय उठाएपछि यसले राम्रै चर्चा पनि पायो । तर, चलचित्रकर्मीहरु भने नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ नभएको तर्क गर्दै आएका छन् ।

‘नेपोटिज्म’को बहसमा सबैभन्दा बढी केन्द्रमा नायक भुवन केसी र उनका छोरा नायक अनमोल केसी पर्छन् । कतिपयले भुवन र अनमोललाई हेरेरै ‘नेपोटिज्म’ छ भनेर बहस गर्नु तर्कपूर्ण नभएको बताउँदै आएका पनि छन् ।

यो बिषयमा अनलाइनखबरले सोधेको प्रश्नमा नायक भुवन केसीले नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ नभएको बताएका छन् । उनले भने–‘यो कोही व्यक्तिले टेलिभिजनमा अन्तरवार्ता दिएर २–४ दिन रमाउनलाई बोलेका कुरा मात्र हुन् । यदि, कोही कलाकारमा प्रतिभा छैन भने उसलाई दर्शकले पत्याउँदैनन् । चलचित्र निर्माण गर्न करोडौं रुपैयाँ खर्च गर्नुपर्छ, घर खेत बन्धकी राख्नुपर्छ ।’

भूवनले अगाडि भने–‘जो कलाकारको बजारमा डिमाण्ड छ, जो कलाकारले निर्माताको लगानी फिर्ता गर्न सक्छ उसलाई नै लगानी गर्ने मानिसले लिन्छ । जो व्यक्तिले यो कुरा फैलाइरहेको छ, के त्यो व्यक्तिमा निर्माताको लगानी उठाउन सक्ने दम छ ?’

भुवनले, यस्तो तर्क गर्ने कलाकारले ४–५ करोड उठाउन सक्छु भन्ने दाबी गर्छ भने आफूले ५० लाख पारिश्रमिक दिन तयार रहेको बताए । उनले भने–‘२० लाख रुपैयाँ उठाउन नसक्ने कलाकारलाई कसले लिन्छ ? यो सबै हल्लाको कुरा हो । नेपालमा ‘नेपोटिज्म’ छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?