+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा गुरुङ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १२:२७

१७ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सार्वजनिक मत परिणाम अनुसार गुरुङले ८५८३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी डाक्टर ज्ञानेन्द्र रेग्मीले ४८७९ मत मात्रै ल्याए ।

यस्तै महासचिवमा राजुबाबु अधिकारी ७८१५ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी अच्युत शर्मा थपलियाले ४५७३ मत ल्याए । सन्ध्या शाहले ८१२२ मत ल्याएर सचिवमा विजयी भइन् । उनका प्रतिस्पर्धी तीर्थराज कार्कीले ४४३३ मत ल्याए ।

कोषाध्यक्षमा भने अनिल पोखरेल निर्विरोध चयन भएका छन् । सहकोषाध्यक्षमा राजकुमार नगरकोटी ७६८३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी करणकुरमा यादवले ४३५२ मत ल्याए ।

यस्तै, युवा संयोजकमा बबिन मिश्र ७८६६ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी प्रसाईं (म्याक्स)ले ४४७५ मत ल्याए । महिला संयोजकमा मञ्जु खड्का (७८६४) मतका साथ विजयी भएकी छन् ।

यस्तै एनसीसी उपाध्यक्ष तथा अस्ट्रेलियन क्यापिटल क्षेत्रको संयोजकमा अशोक बस्नेत (७५४), न्यू साउथ वेल्सको संयोजकमा देवबहादुर गुरुङ (२९१८), नर्दन क्षेत्रको संयोजकमा विष्णु चापागाईं (६१४), क्विन्सल्याण्डको संयोजकमा विनोद भक्त आचार्य (९३९), दक्षिण अष्ट्रेलियाको संयोजकमा रेनुका लामा (९३३) र  तास्मानियाको संयोजकमा राकेश शाक्य (६२१) विजयी भएका छन् ।

यस्तै, भिक्टोरियाको संयोजकमा हरि खड्का र पश्चिम अष्ट्रेलियाको संयोजकमा दीपक बस्नेत निर्विरोध चयन भएका छन् । यी संयोजकहरु सबै एनसीसी उपाध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?