Comments Add Comment

चामे–तिमाङ सडकमा सवारी आवतजावत

फाइल तस्वीर

१७ साउन, मनाङ । सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीले थुनिएको मोटरेवल पुल सञ्चालनमा आएको छ ।

चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मोटरेवल पुल सञ्चालन भएसँगै माथिल्लो मनाङबाट हने आवतजावत सहज हुने भएको छ ।

पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीसँगै एक्साभेटरको प्रयोगबाट हटाइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

पुलमा सहज भएपछि माथिल्लो मनाङको आवतजावत सञ्चालन भएको उनले बताए । नदीलाई पहिलाकै धारमा फर्काउन सकिएकाले आवतजावतमा सहज भएको उनले बताए ।

गत असारको पहिलो साता आएको वर्षासँगै नदीमा आएको बाढीपहिराले चामेको उक्त पुल अवरुद्ध भएको थियो । पुल थुनिएसँगै नदीको बहावले चामेस्थित लोकप्रिय मावि र विद्यालय नजिकै रहेको झोलुङ्गे पुलमा नदीले कटान गरी क्षति पुर्‍याएको थियो । झण्डै डेढमहिना अवरुद्ध रहेको पुल खोल्नका निम्ति सशस्त्र प्रहरीको पर्वतीय उद्दार शिक्षालयको टोलीसमेत खटिएको थियो ।

अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरो र मर्स्याङ्दी नदीमा आएको बाढीका कारण लमजुङ–मनाङ सडकखण्डमध्ये सदरमुकाम चामेदेखि तिमाङसम्म मात्रै यातायात सञ्चालन भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

अवरुद्ध सडकमध्ये जिल्लाको कोतोमा पहिरो पन्छाइएपछि सडक सञ्चालन भएको उनले बताए । त्यसअघि क्षतिग्रस्त सडक खण्डको स्यार्कु खोलामा अस्थायी काठे पुल राखिएको र थानचोक खोलामा ग्याबिन पर्खाल लगाएर सवारीसाधन सञ्चालन गराइएको प्रजिअ लामिछानेले जानकारी दिए । सडक पुनःनिर्माणसँगै गाउँपालिकाअन्तर्गत तिमाङ गाउँदेखि सदरमुकाम चामेसम्म पुग्न सहज भएको छ ।

बेँसीशहर–चामे सडक ट्याक खोलेको नेपाली सेनाका तत्कालीन कमाण्डर इञ्जिनियर इन्दिवर गुरुङसहितको टोलीले क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment