+
+
Shares

‘सम्झिनी पानी छम्किनी’ भिडियोमा दीपा र भुवनको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १३:१५

नायक भुवन केसी नेपाली म्युजिक भिडियोमा प्रथम मोडल हुन् । निर्देशक शम्भुजित बाँस्कोटाले निर्देशन गरेको भिडियोमा पहिलो पटक भुवनले अभिनय गरेका थिए । उनै, भुवनले केही हिट गीतका भिडियोमा मोडलिङ पनि गरेका छन् ।

उनै, नायक केसीले लामो समयपछि ‘सम्झिनी पानी छम्किनी’ बोलको गीतको तीज भर्सनको भिडियोमा मोडलिङ गरेका छन् । नायक केसीले आफूले धेरै भिडियोमा काम नगरेको भन्दै दर्शकले संझने खालका गीतमा मात्र काम गरेको बताए । गायक सम्राट चौलागाँइले पाँच महिना अगाडि यो गीत सार्वजनिक गरेका थिए ।

गीतले दर्शकको मन जितेपछि उनले यसको तीज भर्सन पनि सार्वजनिक गरेका हुन् । ‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोलको गीतमा भूवन केसीको अलवा निर्देशक दीपाश्री निरौला, नायक आकाश श्रेष्ठ, नायिका स्वस्तिमा खड्का, मोडल गीता ढुंगाना, गायक चौलागाँई, बाल–कलाकारहरु जोभिन श्रेष्ठ, जेभिस श्रेष्ठ र आस्युमी ढकालको अभिनय छ ।

यो भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, विरवहादुर थारुको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?