+
+
Shares

बाढीले क्षतिग्रस्त पुल र सडक तत्काल निर्माण गर्न विकास समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १६:२६

१७ साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले बाढीका कारण क्षतिग्रस्त पुलको निर्माण तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले यसै वर्षको बाढीले क्षतिग्रस्त भएका सिराहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीको पुल र गाइघाट-दिक्तेल सडक खण्ड अन्तर्गत त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाएर यथाशीघ्र पुल निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले पुल निर्माणमा भएको प्राविधिक त्रुटी लगायत पुल भासिनुको कारणको पहिचान गर्न समितिले स्थलगत अध्ययन पनि गर्ने भएको छ ।

समितिले वर्षातको समयमा पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड पटक पटक अवरुद्ध हुने गरेको भन्दै दीर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

वर्षाका कारण अरनिको राजमार्गको विभिन्न खण्ड क्षतिग्रस्त भएको भन्दै समितिले तत्काल स्तरोन्नति र पुल निर्माण तथा स्तरोन्नति गरी यातयात सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

समितिले बाढी, पहिरो नियन्त्रणसम्बन्धी दीर्घकालीन नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन एवं तीनै तहको सरकारसँगको समन्वयमा तत्काल उद्दार, राहत र पुनर्स्थापनाको काम अघि बढाउन पनि निर्देशन दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?