Comments Add Comment

यौन सुखका लागि प्राकृतिक गर्भनिरोधक विधि

दाम्पत्य जीवनको अभिन्न पाटो हो यौन । सन्तान जन्माउन मात्र होइन, आपसी सम्बन्धलाई प्रेमिल  र रोमाञ्चक बनाइराख्न पनि यौनले भूमिका खेल्छ । दाम्पत्य सुखको एउटा कडी हो यौन ।

यसका थुप्रै सकारात्मक पक्ष छन् । जस्तो कि यसले दम्पतीबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । किनभने यस क्रममा दुवैजना भावनात्मक रुपले एकदमै नजिक हुन्छन् । तनाव, चिन्ता जस्ता मानसिक विकार हटाउँछ ।

कतिपय अध्ययनमा के पाइएको छ भने सक्रिय यौन सम्बन्धले शारीरिक स्वास्थ्यमा पनि प्रभाव पार्छ । रक्त प्रवाहदेखि हृदयलाई स्वस्थ राख्न समेत यौनक्रियाले सहयोगी भूमिका खेल्छ ।

यद्यपि यौन सम्बन्धका लागि श्रीमान् र श्रीमती दुवै उत्सुक र तयार हुनुपर्छ । यसमा दुवैको समान सहभागिता जरुरी हुन्छ । यौनका लागि दुवैमा एकसाथ मूड नबन्न सक्छ । यस्तो अवस्थामा प्राकक्रीडा आवश्यक हुनसक्छ । यसले क्रमश: दुवैमा यौनप्रति उत्सुकता जगाउँछ । प्राकक्रीडा भनेको यौन सम्पर्कपूर्व गरिने यस्तो अभ्यास हो, जसले दुवैलाई यौनका लागि समूचित ढंगले उक्साउँछ ।

यौनक्रियाका क्रममा गर्भ रहने सम्भावना रहन्छ । सन्तानको रहर पुगिसकेको अवस्थामा गर्भ रह्यो भने दम्पतीका लागि त्यो टाउको दुखाइको विषय बन्न पुग्छ । कुनै गर्भनिरोधक औषधि वा विधि प्रयोग नगरेको अवस्थामा गरिने यौन सम्पर्कबाट गर्भ रहन सक्छ ।

त्यसैले सुरक्षित यौन सम्बन्ध बनाउनका लागि गर्भनिरोधक साधनहरुको प्रयोग गर्न सकिन्छ । गर्भ रहेको अवस्थामा पनि आपतकालीन चक्कीको सेवन गर्न सकिन्छ । यौन सम्पर्क भएको निश्चित अवधिभित्र सेवन गरेपछि गर्भ रहने जोखिम कम हुन्छ ।

सुरक्षित यौन सम्बन्धका लागि कन्डम जस्ता साधनहरु प्रयोग गर्नु उचित हुन्छ । यसले एकातिर गर्भ रहने जोखिम कम गर्छ भने अर्कोतिर यौनजन्य रोग सर्ने भय पनि रहँदैन । त्यसैगरी गर्भनिरोधक चक्की, गर्भनिरोधक खोप पनि प्रयोग गरेर सुरक्षित यौन सम्बन्ध बनाउन सकिन्छ । महिलाको लागि इम्प्लान्ट, कपर टी र पुरुषको लागि स्थायी बन्ध्याकरण जस्ता विकल्प छन्, जसले गर्भ रहने सम्भावना रहँदैन ।

प्राकृतिक गर्भनिरोधक विधि

प्राकृतिक गर्भनिरोधक विधि पनि अपनाएर यौन सुख लिन सकिन्छ । यो विधि मासिकस्रावको चक्रलाई आधार बनाएर अपनाउनुपर्ने हुन्छ ।

चक्की वा अन्य कृत्रिम विधिबाट गर्भनिरोध गर्नु स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ । जबकि प्राकृतिक गर्भनिरोधक प्रभावकारी र दोषरहित हुन्छ । यसको कुनै ‘साइड इफेक्ट’ रहँदैन । चीनमा भएको एक सोधलाई मान्ने हो भने प्राकृतिक रुपले अपनाइएको गर्भनिरोधक ९७ देखि १०० प्रतिशतसम्म प्रभावकारी हुन्छ । यो पूर्णत: सुरक्षित विधि पनि हो ।

प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्नु एकदम सजिलो हुन्छ । मासिकश्राव अघिको  ओभ्युलेशन पिरियड (महिनावरी शुरु हुनुभन्दा १० औंदेखि १६ औं दिनको बीच) यौन सम्बन्ध बनाउनु हुँदैन । यस दिनबाहेक अरु कुनै पनि दिन यौन सम्बन्ध बनाउन सकिन्छ र अनिच्छित गर्भबाट बच्न सकिन्छ ।

प्राकृतिक गर्भनिरोधकले हाम्रो यौन क्षमता घटाउँदैन, बरु बढाउँछ । अर्थात् हामी यौन जीवनको भरपुर आनन्द लिन सक्छौं । यसको प्रयोगले पार्टनरलाई कुनै दु:ख पनि हुँदैन ।

केही अध्ययनलाई मान्ने हो भने गर्भनिरोधका लागि प्रयोग गरिने चक्की अत्याधिक मात्रामा प्रयोग गर्दा ब्रेस्ट क्यान्सर हुने सम्भावना रहन्छ । जबकि प्राकृतिक गर्भनिरोधकको प्रयोगले यस किसिमको कुनै खतरा हुँदैन । अर्थात् ब्रेस्ट क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

गर्भनिरोधक गोलीको प्रयोग गर्ने महिलाको यौन क्षमता पनि प्रभावित हुन्छ । उनीहरुमा यौन सम्बन्धप्रति रुचि विस्तारै घट्दै जान्छ । प्राकृतिक गर्भनिरोधकमा भने यस्तो समस्या हुँदैन ।

अनिच्छित गर्भ रोकथामका लागि चक्कीको प्रयोग गरिरहँदा त्यसले शरीरमा अनेकन समस्या ल्याउँछ । टाउको दुख्ने, अनिद्रा, अरुिचि जस्ता समस्या आउन सक्छन् । जबकि प्राकृतिक गर्भनिरोधक प्रयोग गर्दा त्यस्तो समस्या रहँदैन ।

प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्दा महिलाको शरीरमा हुने हर्मोनल परिवर्तनमा कुनै समस्या हुँदैन । जबकि गर्भनिरोधक चक्कीले मासिकस्रावसमेत प्रभावित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment