+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

वीरगञ्जमा बेवारिसे अवस्थामा छाडिएको ट्रकबाट २१ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते १३:००

१८ साउन, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २१ किलो गाँजा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहको कमाण्डमा खटिएको टोलीले बिहान साढे ७ बजे बेवारिसे ट्रकबाट गाँजा बरामद गरेको थियो ।

मकवानपुरको मनहरीबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध ल्याउँदै गरेको सूचनाको आधारमा गएको टोलीले गाँजा बरामद गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

‘गाँजा ल्याउँदैछ भन्ने सूचना आएको थियो, टोली पुग्दा चालक, सहचालक भागिसकेका रहेछन्,’ उनले भने, ‘चेकजाँचका क्रममा ट्रकको क्याबिनमा चारवटा प्लाष्टिकको प्याकेटमा गाँजा राखिएको रहेछ ।’

गाँजासहितको ट्रक आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?