+
+
Shares

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते १७:२५

१८ साउन, धनगढी । कञ्चनपुरमा बहुविवाह मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–८ का पदमराज उपाध्याय रहेका छन् ।

उनलाई जिल्ला अदालत कञ्चनपुरले बहुविवाह सम्बन्धी कसुरमा १२ कात्तिक २०७४ मा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सिद्धराज न्यौपानेले उपाध्यायलाई पुनर्वास क्षेत्रबाटै पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए ।

अदालतले उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरेको डीएसपी न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?