Comments Add Comment

मेलम्चीको बाढीले सात घर बगायो

१९ साउन, सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो ।

मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए ।

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

उनका अनुसार बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेका छन् । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment