Comments Add Comment

उपराष्ट्रपतिसँग प्रधानसेनापति थापाको बिदाइ भेट

१९ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले बिदाइ भेट गरेका छन् । मंगलबार बिहान ९ बजे उपराष्ट्रपति निवासमा पुगेर थापाले बिदाइ भेट गरेका हुन् ।

उपराष्ट्रपतिलाई भेट्न थापाले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई पनि सँगै लिएर गएका थिए । प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते सकिंदै छ ।

पदावधि सकिनुभन्दा एक महिना अगाडि बिदामा बस्ने भएकाले शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ । थापाले अवकाश लिएपछि शर्मा स्वतः प्रधानसेनापति बन्नेछन् ।

भेटमा उपराष्ट्रपति पुनले नेपाली सेनालाई लोकतान्त्रिकरण र आधुनिकीकरणमा योगदान गरेको भन्दै थापाको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ । साथै उपराष्ट्रपति पुनले नेपाली सेनाको प्रधानसेनापति हुन लागेका शर्मालाई अग्रिम शुभकामनासमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment