Comments Add Comment

गुल्मीका युवाले भैंसीपालन व्यवसाय गरेर राम्रो आम्दानी गर्दै

१८ साउन, गुल्मी । गुल्मीमा पछिल्लो समय व्यावसायिक रुपमा भैंसीपालनतर्फ आकर्षण बढ्न थालेको छ । भैंसीको दूधको मूल्य र माग पनि बढी हुन थालेपछि यसतर्फ किसानहरुको आकर्षण बढ्न थालेको हो ।

रेसुङ्गा नगरपालिका–१२ का नेत्रबहादुर बस्नेतले भैंसीपालन व्यवसायबाट गाउँमै बसेर मनग्य आम्दानी गर्ने गरेका छन् । रोजगारीको खोजीमा युवाहरु विदेशिने क्रम बढिरहेको बेला बस्नेत भने गाउँमै भैंसीपालन व्यवसाय गरेर उदाहरण बनेका छन् ।

शुरुमा बोइलर कुखुरापालन गरेका बस्नेतले अहिले १२ वटा दूध दिने भैंसी र चारवटा गाई पालेका छन् । भैंसीको दुग्धजन्य पदार्थ बेचेर मात्रै मासिक ६०–७० हजार रुपैयाँ आम्दानी हुने गरेको उनी बताउँछन् । एउटा भैंसीले दैनिक कम्तीमा पाँच लिटर दूध दिन्छ ।

उनको फार्मबाट दैनिक ८० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध तम्घास बजार लगेर आफैंले बेच्ने गरेको उनले बताए ।

भैंसीको दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँ रहेको छ भने माग पनि बजारमा धेरै छ । थोरै लगानीबाट व्यावसायिक भैंसीपालन शुरु गरेका बस्नेतले व्यवसायलाई व्यवस्थित गरेरै अगाडि बढाउने सोच रहेको बताए । उनको फार्ममा अहिले ६ जनाले रोजगारी पाएका छन् ।

सरकारले कृषि तथा पशुपालन व्यवसाय गर्ने कृषकहरुलाई विभिन्न सहुलियत तथा अनुदानका कार्यक्रम ल्याउने गरेको छ । तर सहुलियत र अनुदान आफूले भने अहिलेसम्म नपाएको बस्नेतले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment