+
+
Shares

कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा थप

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १९ गते १३:३२

१९ साउन, काठमाडौं । कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा कायम राख्ने निर्णय गरेको थियो ।

प्रशासनद्वारा जारी आदेशमा थप गरिएको निषेधाज्ञा अवधिमा यसअघिका प्रावधानलाई कायमै राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?