Comments Add Comment

ट्वीटर फिड कसरी सफा गर्ने ? कसरी कस्टुमाइज गर्ने ?

१९ साउन, काठमाडौं । माइक्रो ब्लगिङ तथा सोसल नेटवर्किङ साइट ट्वीटर सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्महरुमध्ये एक हो । ट्वीटरले मानिसहरुलाई केवल अनलाइनमा आफ्नो धारणा मूखरित गर्ने अवसर मात्र दिँदैन यसले मानिसहरुलाई अरु समक्ष पुग्ने तथा संस्थाहरुलाई आफ्ना ग्राहकसम्म पुग्ने स्पेस सिर्जना गरिदिन्छ ।

व्यापक प्रयोगकर्ता रहेको ट्वीटरका हरेक प्रयोगकर्ताको आफ्नै ट्वीटर फिड हुन्छ जहाँ उनीहरुले आफ्नो फलोअर्स वा आफूले फलो गरेकाहरुले गरेका ट्वीट देख्न पाउँछन् ।

साथै तपाईको ट्वीटर फिडमा तपाईको रुचिका सम्भावित ट्वीट भन्दै अन्य ट्वीटहरु पनि देखाइएको हुन्छ । त्यसैले यदि तपाईले आफ्ना ट्वीटर फिड सफा गर्न वा आफूले हेर्न नचाहेका ट्वीटहरु आफ्नो फिडमा देखिनबाट रोक्न पनि सक्नुहुन्छ ।

आफ्नो ट्वीटर फिड क्लिनअप गर्ने तथा कस्टुमाइज गर्ने केही विधिहरु छन् । तपाईले आफूले हेर्न नचाहेको अकाउन्ट, कुनै निश्चित ट्वीट, कुनै शव्द तथा ह्यासट्याग मात्र पनि म्यूट गर्न सक्नुहुन्छ । यसरी म्यूट गर्नाले त्यस्ता ट्वीटहरुलाई तपाईको नोटिफिकेसन ट्याब, पुस नोटिफिकेसन, एसएमएस, इमेल नोटिफिकेसन, होम टाइमलाइन तथा रिप्लाइ टू ट्वीट्सबाट हटाइदिन्छ ।

तपाईले आफ्नो ट्वीटर फिडलाई आफ्नो रुची तथा विषय अनुसार कस्टुमाइज गर्न सक्नुहुन्छ । तपाईले कुनै अकाउन्टलाई ब्लक पनि गर्न सक्नुहुन्छ । त्यसरी ब्लक गरिसकेपछि उक्त अकाउन्टवाला प्रयोगकर्ताले तपाईका ट्वीट हेर्न पाउँदैन र तपाईलाई मेसेज पनि गर्न सक्दैन । साथै तपाईले उसका ट्वीट हेर्न तथा उसलाई फलो पनि गर्न सक्नुहुन्न ।

कुनै ट्वीट वा ट्वीटर अकाउन्टलाई नै कसरी म्युट गर्ने ?

कुनै निश्चित ट्वीट वा कुनै ट्वीटर अकाउन्टलाई ट्वीटर एप र डेस्कटपबाट म्युट गर्नका लागिः

  •  आफूले म्युट गर्न चाहेको ट्वीटमा जानुहोस् र त्यहाँ रहेको तिनवटा थोप्लावाला आइकनमा ट्याप गर्नुहोस् ।
  •  त्यहाँ तपाईले दुईवटा विकल्प देख्न सक्नुहुन्छ : सम्बन्धित ट्वीटमात्र म्युट गर्ने (mute the conversation) वा अकाउन्ट नै म्युट गर्ने (mute the Account) ।
  • तपाईले ती दुईमध्ये कुनै एक अप्सनमा ट्याप गरिसकेपछि आफूले चाहेको ट्वीट वा अकाउन्ट म्यूट हुन्छ ।

कुनै ट्वीटर अकाउन्ट म्युट गर्नु भनेको उसलाई अनफलो गर्नु होइन । तपाईले म्युट गरेका व्यक्तिले तपाईलाई डाइरेक्ट मेसेज अर्थात् डिएम गर्न सक्दछन् । तथापि तपाईले त्यस्ता अकाउन्टबाट पुस वा एसएमएस नोटिफिकेसन प्राप्त गर्नुहुने छैन ।

कुनै शव्द वा ह्यासट्यागलाई कसरी म्युट गर्ने ?

  •  ट्वीटर एपमा आफ्नो प्रोफाइल आइकन ट्याप गर्नुहोस् । डेस्कटप भर्सनमा भने ट्वीटरको होमस्क्रिनको बायाँपट्टि रहेको मोर (More) अप्सनमा छनोट गर्नुहोस् ।
  •  सेटिङ एण्ड प्राइभेसी (Settings and Privacy ) नामक अप्सन छान्नुहोस्
  •  त्यसभित्र रहेको  प्राइभेसी एण्ड सेफ्टी ( Privacy and Saftey)मा क्लिक गर्नुहोस्
  • ·त्यसपछि डेस्कटपमा म्‍युट एण्ड ब्लक भन्ने अप्सनमा क्लिक गर्नुहोस् । एपमा चाहीँ तपाईले म्‍युटेड एकाउण्टस् एण्ड म्‍युटेड वर्डस् (Muted Accounts and Muted Words) को अप्सन देख्नुहुनेछ ।
  • त्यसपछि म्‍युटेड वर्डस् (Muted Words) छनोट गर्नुहोस्
  •  त्यहाँ रहेको +(प्लस) आइकन छनोट गरी आफूले ब्लक गर्न चाहेको शव्द, वाक्यांश, युजरनेम तथा ह्यासट्याग लेख्नुपर्दछ ।
  • त्यति गरिसकेपछि सेभ (save) मा क्लिक वा ट्याप गर्नुहोस् । यो अप्सन डेस्कटप भर्सनमा पिँधमा हुन्छ भने एप भर्सनमा माथिल्लो दायाँपट्टि हुन्छ ।

तपाईले होम टाइमलाइन तथा नोटिफिकेसन अप्सनमा गएर यस्ता शव्द वा वाक्यांशलाई कहाँ कहाँ म्युट गर्ने भन्ने छनोट गर्न सक्नुहुन्छ । डिफल्ट रुपमा तपाईले म्युट गरेका ती शव्द वा ह्यासट्यागहरु सधैका लागि म्युट हुन्छन् । त्यसपछि तपाईले त्यस्ता शव्द, वाक्यांश वा ह्यासट्याग भएका ट्वीटहरुलाई तपाईको ट्वीटर फिडमा हेर्नुपर्दैन । साथै तपाईलाई त्यस्ता ट्वीटको नोटिफिकेसन पनि आउँदैन ।

ट्वीटरमा आफूले हेर्ने सामाग्रीहरुको कस्टुमाइज कसरी गर्ने ?

यो काम तपाईले ट्वीटर एपबाट होइन केवल ब्राउजरबाट मात्र गर्न सक्नुहुन्छ ।

  •  ट्वीटर होमस्क्रिनको बायाँ भागको प्यानलबाट More अप्सनमा क्लिक गर्नुहोस्
  •  सेटिङ एण्ड प्राइभेसी (Settings and Privacy) छान्नुहोस्
  •  प्राइभेसी एण्ड सेफ्टी (Privacy and safety) मा जानुहोस्
  • कन्टेन्ट यु सी (Content you see) भन्ने अप्सन छनोट गर्नुहोस्
  •  त्यहाँ तपाईले Topics तथा Interests अप्सन देख्नुहुनेछ र Topics भन्ने अप्सनमा जानुहोस्
  • तपाईले त्यहाँ आफ्नो रुचीका शीर्षकहरु छान्न सक्नुहुन्छ र ट्वीटरले तपाईको ट्वीटर फिडमा तिनै रुचीका शीर्षकहरु सँग सम्बन्धित सामाग्रीहरु मात्र देखाउनेछ ।
  •  त्यस्तै अघिल्लो स्क्रिनबाट Interests छनोट गर्नुहोस्
  •  त्यहाँ तपाईको प्रोफाइल, तपाईको ट्वीटरको गतिविधि, तपाईले फलो गरेका विषयहरुको आधारमा ट्वीटर आफैले छानेका तपाईका रुचीका सूचिहरु देख्न सक्नुहुन्छ ।
  • यदि तपाईलाई ती मध्ये कुनै विषयमा रुची छैन भने तपाईले त्यहाँबाट हटाउन सक्नुहुन्छ । तपाईले त्यसरी हटाएको विषयसँग सम्बन्धित ट्वीटलाई ट्वीटरले तपाईको फिडमा देखाउने छैन ।

कुनै ट्वीट वा अकाउन्टलाई कसरी ब्लक गर्ने ?

कुनैपनि ट्वीट वा अकाउन्टलाई ब्लक गर्ने विधि ट्वीटरको एप तथा डेस्कटपममा लगभग समान छ ।

  •  सम्बन्धित ट्वीटमा जानुहोस् र त्यहाँ रहेको तिन थोप्ले आइकनमा ट्यापरक्लिक गर्नुहोस्
  •  त्यहाँ तपाईले सम्बन्धित अकाउन्ट ब्लक गर्ने विकल्प देख्नुहुन्छ
  •  त्यसमा ट्यापरक्लिक गरिसकेपछि उक्त अकाउन्ट ब्लक हुनेछ ।

तपाईले ब्लक गरेको सम्बन्धित अकाउन्टवाला प्रयोगकर्ताले आफूले ब्लकमा परेको कुनै नोटिफिकेसन प्राप्त गर्दैन । यसरी ब्लक गरिसकेपछि उक्त अकाउन्टमा दुबै तर्फबाट स्वतः अनलफलो हुन्छ । आफूले ब्लक गरेको कुनै अकाउन्टबाट नोटिफिकेसनहरु पनि प्राप्त हुँदैनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment