Comments Add Comment

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी

देउबा र प्रचण्डबीचको सहमतिमा कुलमान फेरि फर्किँदै

१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।

कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजीनामा नदिने निकटवर्तीहरुसँग बताएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ ।

कुलमान घिसिङलाई प्राधिकरणमा फर्काउन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउबासँग छलफल गरेका थिए ।  अघिल्लो कार्यकालको कार्यम्पादनको आधारमा पुनः नियुक्ति गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रचण्डले पटक-पटक आग्रह गरेका थिए ।

तर, ओलीले प्रतिस्पर्धा प्रक्रियाको बहाना बनाएर घिसिङलाई नियुक्ति दिन अस्वीकार गरेका थिए । तर, शाक्यलाई भने ओलीले कुनै प्रतिस्पर्धा नै नगराई सोझै नियुक्ति दिएका थिए ।

नयाँ सरकार बनेपछि नै प्रचण्डले कुलमानलाई पुनः प्राधिकरणमा गएर काम गर्ने तयारी थाल्न भनेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment