Comments Add Comment

काठमाडौंमा साउन २७ गतेसम्म थपियो निषेधाज्ञा

१९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

यस्तै खुला स्थानमा मानिसको भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर आदि गर्न पाइनेछैन ।

यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइएने आदेशमा उल्लेख छ ।

हेर्नुहोस् आदेशको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment