Comments Add Comment

क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै पौडेल समूहको असहमति

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै असहमति जनाएको छ ।

मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत र बलबहादुर केसीको बैठकले रमेश लेखक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमै असहमति जनाएको हो । ‘तलबाट सर्वसम्मत रुपमा आएको नाम यथावत राख्नुपर्छ, विवादितको हकमा नयाँ मापदण्ड बनाएर छानविन गर्नुपर्छ,’ नेता केसीले भनेका छन् ।

छानविन समितिले टुंग्याउन नसकेका १३ निर्वाचन क्षेत्रको हकमा के गर्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment