Comments Add Comment

ऊर्जा मन्त्रालयले गर्‍यो सहसचिवहरूको सरूवा

१९ साउन, काठमाडौं । ऊर्जा मन्त्रालयले केही उच्च पदस्थ कर्मचारीको सरुवा गरेको छ । मन्त्रिस्तरीय निर्णयका आधारमा सरुवा गरिएको मन्त्री भुसालको सचिवालयले जानकारी दिएको छ ।

विद्युत् विभागका महानिर्देशक नविन सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । यस्तै विभागमा सहसचिव सन्दीपकुमार देवलाई लगिएको छ । देव यसअघि जल तथा ऊर्जा आयोगमा कार्यरत थिए ।

सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीलाई सिँचाइतर्फको सहसचिवको जिम्मेवारी दिइएको छ । यस्तै, सुनकोसी मरिण डाइभर्सन आयोजनाको प्रमुख रहनुभएका सुशील आचार्यलाई सिँचाइ विभागको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment