Comments Add Comment

ग्लोबल आईएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर

कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउन ग्लोबल आईएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंक र नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुसाल र तानसेन शाखा शाखा प्रबन्धक वीरबहादुर सारु तथा नगरपालिकाका मेयर अशोककुमार शाहीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

यस्तै, उद्यमशील कृषकहरुलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजीकरणमा हेफर इन्टरनेसनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment