Comments Add Comment

अन्याय भएको भन्दै पुष्प व्यवसायी आन्दोलित

२० साउन, काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापन पत्र बुझाउने तथा त्यसपछि काठमाडौं प्रहरी परिसर टेकुमा धर्ना दिइने संघका अध्यक्ष मोहन सिलवालले जानकारी दिए ।

भारतबाट अवैध रुपमा पुष्प आयात गरी नेपाली व्यवसायीहरुल्ााई अप्ठेरोको पारेको भन्दै व्यवसायीहरु आक्रोशित छन् । गत १६ गते भारतबाट आयात भएको फुल नेपाली व्यवसायीहरुले नष्ट गरेका थिए । त्यसविरुद्ध सरकारले नेपाली पुष्प व्यवसायीहरुलार्य मुद्दा चलाएको भन्दै त्यो मुद्दा फिर्ता लिन माग गर्दै काठमाडौं प्रहरी परिसरमा धर्ना दिइने अध्यक्ष सिलवालले बताए ।

‘हामी १२ बजे जावलाखृलमा जम्मा भएर र्‍यालीसहित सीईडीयो कार्यालयमा ज्ञापन पत्र बुझाउँछौं, त्यसपछि पुनः जुलुससहित महानगरीय प्रहरी कायाृलय टेकुमा गएर धर्ना दिन्छौं’ अध्यक्ष सिलवालले भने ।

व्यवसायीहरुमाथि क्षतिपूर्ति माग गर्दै लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, भारतबाट पुष्प आयत भए पनि नेपाली किसानलाई असर नपर्ने गरी ल्याउनु पर्ने साथै भारतबाट आयात गर्ने व्यवसायीहरुले अवैध रुपमा कारोबार गर्ने गरेको भन्दै त्यसविरुद्ध छानविन समेत हुनुपर्ने उनीहरुको माग छ ।

अहिले प्यान बिलबाटै अवैध रुपमा करोडौंको कारोबार हुनसक्ने व्यवसायीहरुको आशंका छ । अर्कोतर्फ भारतबाट आयत भएको पुष्पको रकम वैधानिक च्यानलमार्फत नभई गैर कानूनी मानिएको हु्ण्डीमार्फत हुने गरेको आशंका समेत व्यवसायीहरुको छ । यो विषयमा समेत छानविन हुनुपर्ने अध्यक्ष सिलवालले बताए । आफूहरुका माग पुरा गर्न सरकार तयार नभए थप संघर्षका कार्यक्रमहरु घोषणा हुने उनले बताए ।

गत १६ गते सजावटमा प्रयोग हुने कपडा, सयपत्री फूलमाला, गुलाफको ताजा फूल र जरा हितको लक्की व्याम्बो काठमाडौँबाट गाडि सहित जफत गरी केही सामान नष्ट गरिएको थियो । केही सामान भने राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा विषदी व्यवस्थापन केन्ऽ पुल्चोकलाई बुझाइएको थियो ।

आगामी दिनमा अनियन्त्रित तथा अवैध रुपमा आयात नगर्न र ताजा पुष्पको नाममा अन्य सामान समेत आयात नगरी नेपाली पुष्प उत्पादक कृषकको उत्पादनलई बजार सहजीकरणमा सहयोग पुर्याउन सम्बन्धित सबै क्षेत्रलाई संघले सूचित समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment