Comments Add Comment

आइफोनको ब्याट्री कसरी स्वस्थ राख्ने ? ब्याट्रीको स्वास्थ्य कसरी जाँच्ने ? यी हुन् उपयोगी टिप्स

काठमाडौं । एप्पलका डिभाइसहरु आइफोन, आइप्याड, म्याक तथा एप्पल वाच लगायतमा ब्याट्रीको क्षमता तथा गुणस्तर अब्बल नै हुन्छ । तर विगतमा एप्पलमाथि पूराना मोडेलका आइफोनहरु नियतबस स्लो बनाएको आरोप लाग्यो ।

अपरेटिंग सिस्टममा गरिएको नयाँ अपडेटलाई पूराना मोडेलका आइफोनको ब्याट्रीले सहजै धान्न नसक्ने र त्यसका कारण आइफोन एक्कासी बन्द हुने समस्या नआओस् भनेर एप्पलले जानीजानी पूराना मोडेलका आइफोनहरु स्लो बनाइदिएको खुलासा भयो । यसलाई ब्याट्रीगेट काण्ड भनिन्छ । यसबाट एप्पललको प्रतिष्ठामा धक्का मात्र पुगेन उसले ११ करोड ३० लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्यो ।

दीर्घकालीन समयसम्म ब्याट्रीको स्वास्थ्यलाई सुरक्षित गर्न त्यसो गरेको जिकिर गर्ने एप्पलले त्यसयता आफ्ना डिभाइसमा ब्याट्री तथा पर्फर्मेन्स व्यवस्थापन फिचर्स थप गरेको छ । साथै उसले प्रयोगकर्तालाई आफ्ना डिभाइसको ब्याट्रीलाई स्वस्थ राख्ने टिप्स तथा सुझावहरु पनि शेयर गर्ने गरेको छ ।

एप्पलले दिने त्यस्ता सल्लाहहरुमा सबैभन्दा पछिल्लो सफ्टवेयर अपडेट गर्ने, सिधै उच्च तापक्रमबाट बँचाउने, मोबाइल चार्ज गर्दा कतिपय प्रकारका खोलहरु निकाल्ने, लामो समयसम्म थन्काउनु परेमा आधाजसो मात्र चार्ज गरेर राख्ने आदि ।

एप्पलले आफ्नो पेजमा उल्लेख गरे अनुसार आफ्नो आइफोन तथा आइफोनको ब्याट्रीको आयूलाई अधिकतम बनाउनका लागि यी उपाय अपनाउनु पर्दछः

१. आइफोन अपडेट गर्नुहोस्ः

  •  आइफोनको Settings अप्सनमा जानुहोस्
  •  Generals मा ट्याप गर्नुहोस्
  •  त्यहाँ रहेको Software Update अप्सनमा ट्याप गर्नुहोस्
  • त्यहाँ तपाइँले उपलब्ध अपडेटहरुको सूचि देख्नुहुन्छ । यदि कुनै नयाँ अपडेट त्यहाँ देखिएमा त्यसमा ट्याप गर्नुहोस् र तपाइँको फोनको सफ्टवेयर अपडेट हुन सुरु हुन्छ । तर सफ्टवेयर अपडेट गर्दा आफ्नो आइफोनमा पर्याप्ट ब्याट्री चार्ज हुनु पर्दछ ।
  • तपाइँले आफ्नो आइफोनलाई कम्प्युटरमा जोडेर पनि आइट्यून्सको पछिल्लो भर्सन अपडेट गर्न सक्नुहुन्छ ।

आइफोनको ब्याट्री लाइफ बँचाउनका लागि स्क्रिनको चम्किलोपना ठिक्क मिलाउनु उपयुक्त हुन्छ । तपाइँले आइफोनको चम्किलोपनालाई केही धमिलो बनाउन सक्नुहुन्छ वा अटो ब्राइटनेस फिचर अन गर्न सक्नुहुन्छ । यसका लागिः

  •  Control Center खोल्नुहोस्
  •  ब्राइटनेस स्लाइडरलाई पिँधसम्म तान्नुहोस्
  • अटो ब्राइटनेस फिचर सक्रिय बनाउनका लागि Settings मा जानुहोस्
  •  त्यसपछि General मा जानुहोस्
  •  Accessibility मा ट्याप गर्नुहोस्
  • Display Accommodations मा गएर Set Auto Brightness लाई On गर्नुहोस् ।
  • Low Power Mode सक्रिय बनाउने

जब तपाइँको मोबाइलको ब्याट्री चार्ज सकिन थाल्दछ तब तपाइँले यो फिचर सक्रिय बनाउन सक्नुहुन्छ । जब ब्याट्री चार्ज २० प्रतिशतभन्दा तल झर्दछ तब तपाइँले नोटिफिकेसन प्राप्त गर्नुहुन्छ अनि मात्र एक ट्यापमा तपाइँले Low Power Mode सक्रिय बनाउन सक्नुहुन्छ । यसका लागिः

  • Settings मा जानुहोस्
  •  स्क्रोल डाउन गरेर Battery अप्सनमा ट्याप गर्नुहोस्
  •  त्यहाँ रहेको Low Power Mode मा इल गर्नुहोस्
  • ब्याट्रीको चार्ज बँचाउनका लागि आइफोन प्रयोगकर्ताले Background App Refresh तथा Location Servies जस्ता फिचरहरु पनि बन्द गर्न सक्छन् ।
  • Background App Refresh बन्द गर्नका लागिः
  • Settings मा जानुहोस्
  •  Generalमा ट्याप गर्नुहोस
  •  Background App Refresh मा ट्याप गर्नुहोस् अनि त्यसमा रहेको इाा विकल्प छान्नुहोस् । यसो गर्दा पृष्ठभूमिमा एपहरु आफै रिफ्रेस हुने क्रम रोकिन्छ र ब्याट्रीको चार्ज रित्तिने क्रम केही सुस्त हुन्छ ।

एपहरुको Locations Service कसरी बन्द गर्ने ?

  • Settings मा जानुहोस्
  •  Privacy मा ट्याप गर्नुहोस्
  • त्यसभित्र रहेको Location Service मा जानुहोस्
  • त्यहाँ तपाइँले Location सर्भिस उपयोग गरिरहेका एपहरुको सूचि देख्नुहुन्छ र तिनीहरुसँगै त्यो बन्द गर्ने Off टगल पनि देख्नुहुन्छ । त्यहीँ Off मा थिच्नुहोस् । यसो गरिसकेपछि ती एपहरुले Locations फिचर प्रयोग गर्न पाउँदैनन् र ब्याट्री खपत कम हुन्छ ।

ब्याट्रीको स्वास्थ्य कसरी थाहा पाउने ?

आफ्नो आइफोनको ब्याट्रीको स्वास्थ्य थाहा पाउनु निकै महत्वपूर्ण कुरा हो किनकी यसले तपाइँको आइफोनको ब्याट्री फेर्नुपर्ने समय भएको छ कि छैन भन्ने कुरा पत्ता लाग्दछ । ब्याट्री हेल्थ कमजोर भन्नुको अर्थ तपाइँको आइफोनको ब्याट्री चार्ज खप्दैन र छिटो छिटो रिचार्ज गरिरहनु पर्दछ । सन् २०१३ मा लञ्च भएको आइओएस ११.३ बाटै एप्पलले आइफोनको ब्याट्री हेल्थ परीक्षण गर्न सकिने टूल्स आइफोनमा उपलब्ध गराएको छ । आइफोन ६ यताका हरेक मोडलमा यो फिचर उपलब्ध छ । आइफोनमा मात्र नभई आइप्याडमा पनि यो हेल्थ टूल पाउन सकिन्छ ।

ब्याट्रीको स्वास्थ्य जाँचले दुईवटा कुराको जानकारी दिन्छ । एउटा maximum battery capacity available हाल तपाइँको आइफोनका ब्याट्रीमा उपलब्ध अधिकतम क्षमता र दोश्रो peak performance capability अर्थात् तपाइँको आइफोनको ब्याट्रीले हाल उच्चतम क्षमतामा काम गर्द कि गर्दैन भन्ने कुरा । आइफोनको ब्याट्रको स्वास्थ्य परीक्षणका लागिः

  •  Settings मा जानुहोस्
  •  स्क्रोल डाउन गरी Battery अप्सनमा ट्याप गर्नुहोस् । तपाइँले क्भततष्लनक मेनूको सर्च बारबाटै सिधै Battery Settings मा पनि जान सक्नुहुन्छ ।
  •  त्यहाँ रहेको Battery Health भन्ने अप्सनमा ट्याप गर्नुहोस्

त्यसपछि तपाइँले आफ्नो आइफोनको ब्याट्रीको maximum capacity र peak performance capability देख्न सक्नुहुन्छ ।

यदि ब्याट्रीको स्वास्थ्य उल्लेख्य रुपमा गिरावट आएको छ वा आइफोनमा फेरिएको नयाँ ब्याट्रीलाई सिस्टमले भेरिफाइ नगरेको खण्डमा आइफोनमा महत्वपूर्ण ब्याट्री नोटिफिकेसनहरु एप्पलले उपलब्ध गराउने गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment