Comments Add Comment

महंगोमा आईपीओ बिक्री गर्न माग गर्दै रिलायवल लाइफको निवेदन

२० साउन, काठमाडौं । अंकित मूल्य भन्दा महंगोमा साधारण सेयर (आईपीओ) जारी गर्न माग गर्दै रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रति कित्ता सय रुपैयाँका दरले नै बिमा कम्पनीहरुले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने गरेका छन् ।

तर रिलायवल लाइफले भने प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य जोडेर सर्वसाधारणबाट प्रतिकित्ता २१२ रुपैयाँ लिने गरी आईपीओ निष्काशन गर्न लागेको हो ।

प्रति कित्ता २१२ रुपैयाँ दरले ६० लाख कित्ता अर्थात १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न माग गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल रहेको छ ।

बोर्डले अनुमति दिए एक सय रुपैयाँमा आईपीओ किन्ने गरेका सर्वसाधारणले भने महंगो रुपैयाँ तिर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment