Comments Add Comment

जुवा खेलेको आरोपमा दुईजना पक्राउ

२० साउन, धनगढी । प्रहरीले जुवा खेलेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले बुधबार धनगढी उपमहानगरपालिका-३ स्थित एएफसी कटेजका सञ्चालक ३७ वर्षीय सुरेन्द्र पाण्डे र गोदावरी नगरपालिका-२ का ४७ वर्षीय महेन्द्र भट्टराईलाई पक्राउ गरिएको जनाएको छ ।

सोमबार साँझ सोही कटेजमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोली पुगेपछि उनीहरु फरार भएको दाबी प्रहरीको छ ।

उनीहरुविरुद्ध जुवा शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बताइएको छ । जुवाखालबाट फरार भएका अन्य ८ जनाको पनि खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले सो कटेजमा जुवा खेलिरहेको अवस्थामा छापा हानेर झण्डै ८ लाख रकम असुलेर मानिसहरुलाई भगाएको आरोप लागेको थियो । तर प्रहरीले भने उक्त आरोपमा सत्यता नभएको बताउँदै जुवाखालबाट ८५ हजार रुपैयाँ मात्र बरामद भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment