+
+
Shares

हवाई उडान नरोक्न वायुसेवा कम्पनीहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते १९:३८

२० साउन, काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीच विभिन्न जिल्लामा निषेधाज्ञा शुरु भएको छ । यसले पुनः एक पटक यात्रुहरुको आवतजावत प्रभावित हुन थालेको छ । यस परिस्थतिमा संक्रमणरहित उडान भइरहेको भन्दै हवाई यात्रा भने सूचारु राख्न वायुसेवा कम्पनीहरुले माग गरेका छन् ।

वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले बुधबार एक विज्ञप्ति निकाल्दै यात्रा ठप्प भएको समयमा समेत नेपालीहरुले विभिन्न माध्यममा जोखिम मोलेर यात्रा गर्नुपर्ने भन्दै तुलनात्मक रुपमा सुरक्षित मानिने हवाई सेवा नरोक्न आग्रह गरेका हुन् ।

संघका अध्यक्ष क्या. रामेश्वर थापाले अहिले दैनिक १२ हजार भन्दा बढी नेपालीले हवाई सेवा प्रयोग गरिरहेको र यस दौरान सरकारले तोकेका मापदण्ड कडाईका साथ पालना भइरहेको बताएका छन् ।

देशको अर्थतन्त्र चलायमान बनाउन समेत यात्रा पूर्ण रुपमा रोक्न नहुने भन्दै यसको साटो खोप अभियानलाई तीव्र बनाउन समेत व्यवसायीले माग गरेका छन् । अहिले ५० लाख भन्दा बढी नेपालीले कोभिड विरुद्धको खोप लगाइसकेको सन्दर्भलाई भने व्यवसायीले उत्साहजनक रुपमा लिएका छन् ।

हवाई यात्रा गर्नेमध्ये पनि ५० प्रतिशत यात्रुले खोप लगाएको पाइएको आयोनको भनाई छ । हवाई उडानका दौरान जहाजको संक्रमणरहित सरसफाई, यात्रुको तापमान जाँच, मास्क तथा फेससिल्ड अनिवार्य गरिएको छ । जहाज चढ्नु अगाडि स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिघण्टा ८ वटा मात्र उडान गर्ने गरि तालीका तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?