Comments Add Comment

नेबिकोको बालाजु र गौरिघाटमा फ्याक्ट्री आउटलेट उद्घाटन

२१ साउन, काठमाडौं । नेबिको बिस्कुटले आफ्नो ५७औं स्थापना दिवस मनाएको छ । सेवालाई अझ विस्तार गर्नका लागि नेबिकोले नेबिको रिटेल्स प्राइभेट लिमिटेड मार्फत् काठमाडौंका बालाजु र गौरीघाट चोकमा दुईवटा फ्याक्ट्री आउटलेट उद्घाटन गरेको छ ।

सो उद्घाटन नेबिको प्रालिका जेनेरल म्यानेजर केशव भट्टराई, कार्यकारी निर्देशक राजेश रौनियारले संयुक्त रुपमा गरेका हुन् । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सोही आउटलेटबाट सेवा दिने जानकारी गराएको छ । ओपेनिङ्ग छुट ३० प्रतिशत सम्म रहने कम्पनीले जनाएको छ ।

यी फ्याक्ट्री आउटलेटहरू सोहि स्थानका उपभोक्ताहरूले उत्पादनहरूको प्रत्यक्ष्य लाभ उठाउन सक्ने कम्पनीले दाबी गरेको छ । हाल नेबिकोले बिस्कुट, प्रिमियम कुकीज, चकलेट (क्यान्डिज), मकैको फ्लेक्स (कर्न फ्लेक्स, चोकोस, ओट्स आदिको बिक्री वितरण गरिरहेको छ ।

यही अवसरमा नेबिकोले ५७ वर्षसम्म निरन्तर साथ र सहयोग गर्दै आएकोमा आफ्ना ग्राहकप्रति आभार व्यक्त गरेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा पनि उल्लेख्य योगदान पुर्याउनुका साथै नेपालभर गुणस्तरीय खाद्य उत्पादनहरूमा जोड दिँदै अझै धेरै वर्षहरू उत्सवमय मनाउने विश्वास लिएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment